> आर्थिक/बिकास > स्थानीय सरकार र नीजि क्षेत्रबीच सहकार्य आवश्यक ः अध्यक्ष शर्मा


स्थानीय सरकार र नीजि क्षेत्रबीच सहकार्य आवश्यक ः अध्यक्ष शर्मा

प्यूठान । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले मुलुकको सामाजिक आर्थिक विकासका लागि स्थानीय सरकार र नीजि क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

प्युठान उद्योग वाणिज्य संघको २४ औं वार्षिक साधारणसभामा अध्यक्ष शर्माले सरकार र नीजि क्षेत्रले सामाजिक आर्थिक विकासको उदेश्य लिएर अघि बढीरहेकाले सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

“सामाजिक आर्थिक विकासका लागि सरकार र नीजि क्षेत्रले काम गर्छ,” उहाँले भन्नुभयो, “एउटै उदेश्य बोकेपनि हामी फरक फरक देखिन्छौं, यसमा सहकार्य गर्न सकिन्छ ।” अध्यक्ष शर्माले विकास निर्माणको नीति नियम सरकारले बनाएपनि त्यसको कार्यान्वयन गर्ने निकाय निजी क्षेत्र भएको उल्लेख गर्नुभयो ।


“उद्यमशिलताको कुरा छ, पर्यटनको कुरा छ,” स्थानीय सरकारले काम गरिरहनुभएको छ, उहाँले भन्नुभयो, “विकासका लागि सवै एकजुट हुन आवश्यक छ । विकासको विषयमा छलफल चलाऔं ।” नीजि क्षेत्र एक्लैले गर्न नसक्ने भन्दै स्थानीय सरकारले आफ्नो क्षेत्रको व्यापार व्यवसायको बढावा दिन, सभ्य र व्यवस्थित बनाउनका लागि कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

स्थानीय सरकारले बजेट तथा कार्यक्रम छुट्याएर व्यवसाय प्रर्वद्धनका लागि काम गर्न आग्रह समेत गर्नुभयो । जसले करसम्वन्धी समस्या समाधान गर्न समेत सघाउ पुग्ने उहाँको भनाई छ ।

 

साधारणसभामा नीति नियममाथी छलफल गर्नुपर्छ
चुनावका कारण मतदान र साधारणसभाको कार्यक्रम एकैपटक हुँदा औपचारिक कार्यक्रममा सहभागी न्यून देखिए । प्रमुख अतिथी बोल्ने बेलासम्म हलमा उपस्थिती ज्यादै न्यून थियो । कार्यक्रममा प्रमुख अतिथी शर्माले साधारणसभा र निर्वाचन फरक फरक भएको भन्दै्र साधारण सभामा निति नियममाथी गहन छलफल र बहस हुनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनबाट जुनसुकै व्यक्ति निर्वाचित भएपनि राम्रो नीति बनाउनका लागि साधारण सभा महत्वपूर्ण हुने उहाँको भनाई छ । साधारण सभाले यस्ता विषयमा बहस, छलफल गर्नुपर्ने उहाँको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *