> समाज > बरौला प्रहरी चौकीलाई ५ रोपनी जग्गादान


बरौला प्रहरी चौकीलाई ५ रोपनी जग्गादान

प्युठान । बरौला प्रहरी चौकीलाई स्थानीयले जग्गादान दिएका छन् । ऐरावती गाउँपालिका वडा नम्वर २ मा रहेको प्रहरी चौकीलाई ५ रोपनी जग्गा स्थानीयले उपलब्ध गराएका हुन् ।

 

स्थानीय रेशम बहादुर जिसी र दामोदर ज्ञवालीले २।२ रोपनी र दुर्गा बहादुर जिसीले १ रोपनी ३ आना १ पैसा १ दाम जग्गा उपलब्ध गराउनुभएको हो । सोमबार बेलुका अवेर जग्गा पास सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले बताउनुभयो ।

 

जग्गा पास भएपश्चात जिल्ला प्रहरी कार्यालयमा जग्गादातालाई सम्मान गरिएको छ । प्रहरी प्रमुख थापाले जग्गा दाता र परिवारलाई खादा र टिका लगाएर सम्मान गर्नुभएको हो । कार्यक्रममा जग्गादाता दुर्गा बहादुर जिसीले प्रहरी चौकीको भवन छिटो बनाउन पहल थाल्न आग्रह गर्नुभयो । उहाँले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नका लागि भवन निर्माण गर्न आफूहरुले जग्गा उपलब्ध गराएको बताउनुभयो ।

 

गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले अहिले व्यक्तिको जग्गा राज्यको नाममा दिन प्रक्रिया झन्झटिलो भएको बताउनुभयो । जसले गर्दा जग्गा पास गर्न लामो समय लागेको उहाँको भनाई छ । यस विषयमा राज्यले पुर्नविचार गरि सहजीकरण गर्नुपर्ने अध्यक्ष शाहको भनाई छ ।

 

 

प्रहरी प्रमुख थापाले सुख, दु:खको साथी प्रहरीलाई जग्गा दान गरेकोमा आभार प्रकट गर्नुभयो । उहाँले बरौला प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नती गर्ने प्रक्रिया समेत अघि बढेको जानकारी दिनुभयो । जग्गा प्राप्तीसँगै भवन निर्माणको लागि समेत प्राथमिकता दिएको उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, जग्गा दाता लगायको उपस्थिती रहेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *