प्यूठान । दम्तीदेखि बाहाने जाने सडक स्तरोन्नतीका लागि दुई चरणमा काम हुने भएको छ । १२ करोडको लागतमा स्तरोन्नती हुने सडकको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले सिलन्यास गर्नुभयो ।
शहरी विकास तथा भवन डिभिजन कार्यालय दाङ मार्फत ५ हजार १ सय ६० मिटर सडक स्तरोन्नतीको काम हुनेछ । पहिलो खण्ड अन्तर्गत दम्तीदेखि धाइरेसम्म एजी कन्ष्ट्रक्सनले र दोश्रो खण्ड धाइरेदेखि अँधेरीसम्म हरियाली निर्माण सेवाले जिम्मेवारी पाएको छ ।
सडक निर्माणका लागि हरियालीले ठेक्का सम्झौता गरिसकेको र एजीसँग सम्झौताको क्रममा रहेका कार्यालय प्रमुख इश्वरी देबकोटाले जानकारी दिनुभयो । २०८३ असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
