> आर्थिक/बिकास > सरुमारानीको ६२ बुँदे नीति तथा कार्यक्रम :कोभिड–१९ सँग सम्वन्धित कार्यक्रममा जोड


सरुमारानीको ६२ बुँदे नीति तथा कार्यक्रम :कोभिड–१९ सँग सम्वन्धित कार्यक्रममा जोड

प्यूठान, ११ असार । सरुमारानी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सातौ गाउँसभाबाट अध्यक्ष झग बहादुर विश्वकर्माले ६२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

कोभिड–१९ सँग सम्वन्धित कार्यक्रममा जोड
सरुमारानीको नीति तथा कार्यक्रमले कोभिड–१९ को कारण रोजगारी गुमाई स्वदेश फर्केका र स्वदेशमै रहेका बेरोजगार युवालाई रोजगारी सृजना गर्ने कार्यक्रम सञ्चालनमा जोड दिएको छ । सडक निर्माण, कृषि, सिंचाई तर्फका योजना र उपयुक्त कार्यक्रम तय गरि सञ्चालन गर्ने नीति गाउँ सभाले बनाएको छ ।

त्यसैगरि कोभिड–१९ सँगै जोडेर राप्ती र माडी नदि किनारमा रहेको वगर क्षेत्रमा बगर खेती सञ्चालन गर्ने र त्यसमा कोभिड–१९ बाट प्रभावित युवालाई परिचालन गरि रोजगारी श्रृजना गर्ने नीति पालिकाले लिएको छ ।

किसानसँग गाउँसरकार कार्यक्रमलाई कोभिड–१९ बाट गाउँ फर्केका बेरोजगार युवालाई जोड्ने गरि पुर्नसंरचित र व्यवस्थित गर्ने नीति पालिकाले बनाएको छ ।

एक घर एक धारा नीति निरन्तर
पालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा एक घर एक धारा नीतिलाई निरन्तरता दिएको छ । गाउँपालिका र प्रदेश सरकारको समेत प्राथमिकतामा रहेको खानेपानी तथा सरसफाईलाई उच्च प्राथमिकतामा राख्दै एक घर एक धाराको नीतिलाई निरन्तरता दिइने उल्लेख छ । साथै वास योजना निर्माण सँगै कार्यान्वयनमा जोड दिइने नीति तथा कार्यक्रम रहेको छ ।

पालिका भवनबाट सेवा प्रवाह
आगामी आर्थिक वर्षमा पालिका भवनको तथा थप गर्ने कार्य सम्पन्न गरी पालिका भवनबाटै सेवा प्रवाह गर्नेछ । साथै ५ र ६ वडाको भवन समेत निर्माण सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । पालिकाले ल्याएको नीतिलाई विस्तृत रुपमा बजेट तथा कार्यक्रम मार्फत सम्वोधन गरिने अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *