प्यूठान, २१ फागुन । प्यूठानमा शनिबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।
शनिबार विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत बन्द हुने बुटवल पावर कम्पनी लिमिटेड प्यूठानले जनाएको छ ।
लमही सव स्टेशनमा मर्मत कार्य गर्नुपर्ने भन्दै शनिबार विद्युत बन्द हुन लागेको प्रवन्धक श्याम थापाले जानकारी दिनुभयो ।
