> राजनीति > बामदेव गौतम प्यूठान आउने, नेपाली कम्युनिष्ट पार्टीले एकता सन्देश सभा गर्दै


बामदेव गौतम प्यूठान आउने, नेपाली कम्युनिष्ट पार्टीले एकता सन्देश सभा गर्दै

प्यूठान । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानले एकता सन्देश सभा गर्दैछ । भोलि (बिहिवार) विजुवारमा हुने सभालाई सम्बोधन गर्न पार्टीका नेता बामदेव गौतम प्यूठान आउनुहुने भएको छ । गौतम २०७० सालको संविधान सभा निर्वाचनमा प्यूठान निर्वाचन क्षेत्र न १ बाट नेकपा (एमाले)का तर्फबाट निर्वाचित सविधान सभा सदस्य हुनुहुन्छ ।

 

सभालाई गौतम सहित पार्टीका नेताहरु बेदुराम भुसाल, चक्रपाणी खनाल, रेखा शर्मा लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक इमानसिंह भारतीले जानकारी दिनुभयो । प्यूठान नगरपालिकाको कार्यालय अगाडी निर्माणाधिन वसपार्कमा सभा हुने नेकपाले जनाएको छ ।

 

ऐतिहासिक बामपन्थी ध्रुविकरणले पार्टी कार्यकर्तामा उत्साह पैदा गरेकोले एकताको सन्देश दिन सभा आयोजना गरिएको पार्टीका नेता प्रभात केसीले बताउनुभयो । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा एकता राष्ट्रिय अभियान लगायतका विभिन्न कम्युनिष्ट पार्टीहरु एकीकरण भई नेपाली कम्युनिष्ट पार्टी गठन भएको हो ।