> राष्ट्रिय > मुस्लिम समुदाय आज ईद मनाउँदै, सार्वजनिक विदा


मुस्लिम समुदाय आज ईद मनाउँदै, सार्वजनिक विदा

प्यूठान । आज मुस्लिम समुदायको पर्व ईदउल फित्र । मुस्लिम समुदायले आज यो पर्व मनाउँदै छन् ।

कोरोना संक्रमणको जोखिमले गर्दा नेपाल लगायत विभिन्न देशमा घर भित्रै बसेर ईद मनाउन लागिएको छ । ईदको उपलक्ष्यमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

त्यसैगरि इदको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले शुभकामना दिनुभएको छ ।

अरवी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ र यस महिनाभर इस्लाम समुदायले बस्ने ब्रतलाई रोजा भनिन्छ । रमदान अवधीभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यस पर्वको समापन गर्ने चलन छ । अरवी भाषामा ईदको अर्थ खुशी र फित्रको अर्थ दान हुनजान्छ ।

ईद पर्वमा ईदगाह (खाली मैदान) वा ईदगाह नभएका ठाउँमा मस्जिदमा तराबी (नमाज) पढ्ने चलन छ । यसै दिन गरिव र दीनदुःखीहरुलाई फित्र (दान) दिने चलन पनि इस्लाम समुदायमा छ ।

मुस्लिम समुदायमा वार्षिक कमाइको साढे दुई प्रतिशत दान गर्नै पर्ने नियमलाई अरवी भाषामा जकाव भन्ने गरिएको छ । एक महिनासम्म हरेक दिन सूर्यास्त नहुञ्जेल उपवास बसी मनाइने यस पर्वको अन्तिम दिन चन्द्रमाको दर्शनपछि आफन्त, साथीभाइ र परिवारजन बसेर मीठा खानेकुरा खाई ईदुल फित्र मनाउने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!