प्यूठान, २६ बैशाख । प्यूठान नगरपालिकाले पालिका भित्र रहेका बैंकहरुलाई आफूले बनाएको समय तालिका अनुसार खोल्न आग्रह गरेको छ ।

पालिका स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबारको बैठकले बैंक खुल्ने कार्यतालिका बनाएर सोही अनुरुप सञ्चालन गर्न आग्रह गरेको हो ।

साथै पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै जनस्वास्थ्यका मापदण्ड अपनाउन समेत आग्रह गरेको छ ।
