प्यूठान, २७ भाद्र । प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलको निजि सचिवालयमा कार्यरत तथा बिद्यार्थी संगठन अखिल छैठौंका केन्द्रिय सचिव सुवास जि.सी.ले जिल्लाका पत्रकारलाई अपमानित हुने गरि लगाएको विभिन्न आरोपप्रति जिल्लाका विभिन्न पत्रकार संघ संगठनले आपत्ति जनाएका छन् ।
झिमरुक गाउँपालिका वडा नं. ५ निवासी जिसीले आफ्नो फेसबुक पेजमा जिल्लाका क्रियाशिल श्रमजीवि पत्रकारहरुलाई अत्यन्तै अपमानित हुने गरि अनेक अरोप लगाएर गरेको गाली बेइजित प्रति ध्यानाकर्षण भएको भन्दै संयुक्त विज्ञप्ती मार्फत संघसंगठनले ध्यानाकर्षण भएको जनाएका हुन।
प्रतिनिधि सभा सदस्य जस्तो गरिमामय पदमा रहेको माननीय दुर्गा पौडेलको निजि सचिवालयमा काम गर्ने ब्यक्तिबाट जिल्लाका क्रियाशिल पत्रकारहरुले समाचार सांसदकै नाम नलेखिएकै बिषयलाई आधार बनाएर गाली गलोजमा उत्रिनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेपको साथै अहिलेको सुचना र प्रविधिको दु्रुपयोग गर्दै गरिएको साइबर अपराधको रुपमा यसलाई हामीले लिएका छौं, विज्ञप्तीमा भनिएको छ ।
