> समाज > प्यूठानमा नवजात शिशुको हत्या, आमा पक्राउ


प्यूठानमा नवजात शिशुको हत्या, आमा पक्राउ

प्यूठान । नवजात शिशु हत्याको आरोपमा प्यूठान प्रहरीले आमालाई पक्राउ गरेको छ । गौमुखी गाउँपालिका वडा नं. ६ लिवाङ बुक्तिचौर बस्ने २१ वर्षिय बिपना सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

बिपनाले नवजात शिशुलाई जन्म दिई तत्काल हत्यापछि गहुँबारीमा गाडेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक हरी भट्टराईले बताउनुभयो । परपुरुषसँगका सम्बन्धबाट शिशुको जन्म भएको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।

 

बिपनालाई जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

मंसिर १ गते विहान इलाका प्रहरी कार्यालय पुजालिवासेमा गहुँबारीमा लाश फेला परेको सूचना प्राप्त हुँदा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरि अधिकारी नेतृत्वमा प्रहरी घटना स्थल पुगेको थियो ।

तस्विर : एआई