सुजल श्रेष्ठ
प्युठान, माघ १ गते । प्युठानको धार्मिक तथा पर्यटकीय स्थल गौमुखिमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।
गौमुखि गाउँपालिका -२ मा पर्ने झिमरुक नदिको उद्गगम स्थल गौमुखिमा दर्शन गर्न आउने भक्तजनको लागेको हो ।
बागलुङसंग सिमाना जोडिएको गौमुखिमा प्युठान सहित रोल्पा, गुल्मी, बाग्लुङबाट भक्तजन आएको स्थानीय मित्र थापाले बताउनुभयो । रातिदेखि नै गौमुखिमा भिड बढेकोर अहिले कम हुँदै गएको उहाँले जानकारी दिनुभयो ।
गौमुखिमा परेवा उडाउने, कापि कलम, धजा भेटि चढाउने चलन रहेको छ । सडकको सुबिधाले गर्दा अहिले भक्तजनको चाप बढेको थापाले बताउनुभयो । पहिले हिडेर आउनुपर्ने अबस्था थियो, उहाँले भन्नुभयो, अहिले गाडीमा सहज रुपमा आउन सकिन्छ ।
यसैबीच गौमुखी संरक्षण तथा सामुदायिक बिकास केन्द्रले खेलकुद प्रतियोगिता आयोजना गरेको छ । पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता र पुरुष दौड प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मुक्त बहादुर रानाले बताउनुभयो ।
कार्यक्रम उद्गघाटनमा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता, गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी र मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेशकुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
