- ध्रुव गिरी
जलाइदेउ प्रमाण भत्काइदेउ जेलहरु
अपराधीका अपराध लुकाउन, प्रमाण मेटाउन
राष्ट्र जोगाउने जङ्गीका खोसिदेउ हतियारहरु
लाइदेउ आगो नीजि सम्पत्ति अनि दरवारमा इतिहाँस मेटाउन
खरानी बनाइदेउ राष्ट्रका सम्पत्ति
सबै जलाएपनि भ्रष्टलाई के आपत्ति
होला सहज अनि धमिलो पानीमा माछा मार्नेलाई मस्ति
क्षति अथाह उपलब्धी शून्य होनाहार युवाको खति
भगाइदेउ जेलबाट
जघन्य अपराध गर्ने अपराधीलाई
छुटाइदे तस्करी र माफियाहरुलाई
अग्रगमन होइन मलजल गर प्रतिगमनलाई
बनाइदेउ विदेशी सेनाको क्रिडाथल स्वदेशलाई
७५ जनाको सहादत
ती आमाहरुलाई कस्तो भएकोहोला काख खालि हुँदा
ती बाबाहरुको मन कस्तो छ ? सोध त आफ्नो खुसी लुटिदाँ
नेपाल आमालाई सोध त कति छाति चर्किएको छ अनाहकमा जल्दा
भ्रष्टलाई के भो ? परिवर्तन भयो के ? जेन जेडको आन्दोलन चल्दा ?





