> विचार > कोरोनाले सिकाएको पाठ


कोरोनाले सिकाएको पाठ

माधव पोख्रेल
प्रकृतिको लिला पनि अपरम्पर पार छ । प्रकृतिका उपज हामी प्राणी वर्ग प्रकृतिसँगै लडदै भिडदै आजको अवस्थासम्म आइपुगेका छौ । यस क्रममा प्रकृतिसँग जसले सामना गर्न सक्यो उसको अस्तित्व रह्यो भने जसले प्रकृतिसँग सङ्र्घष्ा गर्न सकेन उसले आफ्नो अस्तित्व पनि राख्न सकेन । सृष्टि विकासको क्रममा अनेक कालखण्डहरु आए जसमा मानिसको अस्तित्वमाथि प्रश्न नउठेको पनि होइन । अहिले आएर विश्वव्यापी महामारी बनेको कोरोना भाइरस यस्तै प्रकारको संकट निम्ताउने कारक तत्व त बन्ने होइन भन्ने त्रास जताततै छाएको छ ।
भुकम्पको बेला घरभित्र बस्न डर कोरोनाको बेला घर बाहिर निस्कन घर यो पनि प्रकृतिले नै बनाएको नियम जस्तै छ । चीनबाट सुरु भएको कोरोनाको कहर अहिले विश्वव्यापी समस्या बनेको छ । चीनमा देखापर्दा आखाँ चिम्लेर बसेका शक्ति सम्पन्न पश्चिमा मुलुकहरुको टाउको दुखाइ बनेको कोरोनाले पश्चिमा देशलाई आफ्नो चपेटामा लिइसकेको छ । अमेरिका र युरोपीयन देशहरुले चीनको कोरोनालाई नजरअन्दाज गर्दा जुन समस्या भोगिरहेका छन् त्यो ज्यादै कहाली लाग्दो छ ।
शक्ति सम्पन राष्ट्रहरु पनि भौतिकवादको चरम सिमामा पुगेर जनताको सेवाभन्दा पनि सस्त्र र अस्त्रको होडबाजीमा आफूलाई लगाइरहेका थिए । आफ्नो देशमा आणविक अतियार र छेप्यास्त्र निर्माणमा सम्पर्ूण्ा ध्यान केन्द्रित गर्ने राष्ट्र बल्ल आफ्नो धरातल देख्न पुगेका छन् ।
विश्वमा आफ्नो जरा फिजाउदै दक्षिण एसिया हुदै नेपाल प्रवेश गरेको कोरोना अहिले हाम्रो पनि टाउको दुखाइ बनेको छ । देश एकान्त वास -लकडाउन) मा छ । अघिपछि गाउँलाई माया मारेर शहरको रमझममा भुल्नेहरु गाउँ पसेका छन् । दशैमा मान्यजनबाट टिका थाप्न नभ्याउनेहरु अहिले मर्ने डरले गाउँघरका कुरीमा लुक्दै छन् । यो कोरोनाको कहरले पनि मान्छेलाई आफ्नो वास्तविक पहिचान दिलाएको छ । पैसा नै सबैथोक हो भन्दै पैसा कै पछि दगर्ुर्नेहरु आज पैसाभन्दा प्राण नै ठूलो रहेछ भन्ने निष्कर्षा पुगेका छन् । बैकमा राखेको पैसा लिदा पनि कोरोनाको किटाणु छ कि भनेर डर मान्नु पर्ने अवस्था आएको छ । अखिर खाने त पैसा होइन अन्न नै रहेछ भन्ने सवक पनि कोरोनाले सिकाएको छ ।
परिवार र समाजलाई समय नै दिन नसक्नेहरु आज घरको चार दिवारमा सिमित बन्न पुगेका छन् । नेपाली नमस्कार संस्कृतिलाई चटक्कै भुलेर अंकमाल गर्दा आफूलाई आधुनिक ठान्नेहरु नमस्तेको स्ांस्कारमा नै पर्ुनागमन भएका छन् । कोरोनाले ब्यक्तिमा रहेका प्रतिभाहरुलाई पनि उजागर गर्ने राम्रै मौका प्रदान गरेको छ । घरभित्र नै सिमित बन्नु परेपछि विभिन्न सामाजिक सञ्जालमा आफ्नो एकान्त वास बसाइमा कसैले नाचेर, कसैले टिकटक बनाएर, कसैले गीतसंगितमा लगाएर, कसैले खाना र नास्ताका स्टल लगाएर, पुराना फोटाहरुको पोष्ट गरेर, कविता गजलका वर्ष गराएर, कसैले स्टाटस पोस्ट र फरवार्ड गरेर आफ्नो उपस्थिति देखाइरहेका छन् यो पनि कोरोनाको उपहार हो ।
शक्ति सम्पन राष्ट्रहरु पनि भौतिकवादको चरम सिमामा पुगेर जनताको सेवाभन्दा पनि सस्त्र र अस्त्रको होडबाजीमा आफूलाई लगाइरहेका थिए । आफ्नो देशमा आणविक अतियार र छेप्यास्त्र निर्माणमा सम्पर्ूण्ा ध्यान केन्द्रित गर्ने राष्ट्र बल्ल आफ्नो धरातल देख्न पुगेका छन् । सिंगो पृथ्वी र पृथ्वीवासीको हित र भलाइलाई छोडेर अन्तरिक्ष र विभिन्न ग्रह उपग्रहको अध्ययन अनुसन्धानको नाममा अरवौं डलर खचर्नेहरुको आखाँ खुलाइदिने काम पनि यो महामाराीले गराइ दिएको छ । प्रकृतिलाई जित्नको लागि सधै लालायित विकसित देशहरु आज प्रकृतिसँग आत्मर्समर्पण गर्दै छन् । आखिर प्राकृतिक विपत्तिका अगाडि कसैको केही लाग्दो रहेनछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *