साहित्य सृजना

गजल !

सुरेशकुमार पाण्डे

भवन बनाए अछुत त उ मन्दिर भयो,
दलित लाई मन भीत्र त्यही पिर भयो।

देवी देवताले पनि जात खोज्छने रैछ,
मान्छे मान्छेनै अपबित्र आखिर भयो।

कस्ले बुझ्न सक्छन संसारको तमासा,
सोशक को निदारमा सदै अबिर भयो।

धर्मले पनि धनको राजनीति गरेकैछ,
बे-कसुरको छातिमा गोभ्ने तीर भयो।

प्राकृतिकले दिएकै हावा र पानी पनि,
धनी लाई मुनाफा कमाउँने नीर भयो।

अल्छिको राज भएर त संसारभरी मा,
मज्दुरले बनाए जुता उन्कै सिर भयो।

Related Articles

Back to top button