साहित्य सृजना

गजल !

सुरेशकुमार पाण्डे

आँखाईनै हुँन जस्ले तिम्रो ब्यबहार देखे,
क्रान्तिकारी दाउँ पेच झुठा औजार देखे।

रातो झण्डामा हंसिया घन अंकित गराई,
त्यस्कै आडमा गर्ने पुँजिको ब्यापार देखे।

अरुको मुखमा मयल छ भन्दै चिच्याउने,
आफ्नो मात्र रुपरङमा सदै निखार देखे।

भोका र नाङ्गाको नाममा भिक माग्नेहरु,
खुद पेट भरेर सबैका सपना साकार देखे।

फरक यत्तिछ महासय तिम्रो मेरो दृष्टी मा,
तिमि दुष्ट देख्यो मैले क्रान्ति आधार देखे।

जब देशमा शहिदको खेती गर्दै थ्यो तिमी,
बा आमाको आखामा साउन असार देखे।

हो सेतेले जस्लाई क्रान्तिका दुश्मन भन्यो,
तिम्रा आँखाले त्यो क्रान्तिका औतार देखे।

Related Articles

Back to top button