राष्ट्रिय

निर्माण उद्योगको संरक्षण गर्नु राज्यको दायित्व : अध्यक्ष सिंह

प्यूठान । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विद्यमान बाझिने कानुनले निर्माण ब्यबसायी मर्कामा परेको बताउनुभएको छ  । मंगलवार निर्माण व्यवसायी संघ प्यूठानको १२ औं साधारणसभा तथा छैठौं अधिवेशनको उद्घाटन गर्दै उहाँ कानुन संशोधन आवश्यक रहेको बताउनुभयो ।

 

सार्वजनिक खरिद ऐन र राज्यको कानुन निर्माणमैत्री नहुँदा निर्माण व्यवसायिले अनेकौं अप्ठ्यारा झेल्नु परेको उहाले  बताउनुभयो । “निर्माण क्षेत्रलाई चलाएमान बनाउने दायित्व राज्यको हो” ,अध्यक्ष सिंहले भन्नुभयो, “व्यवसायिलाई अफ्ठेरोमा पारेर राज्य उम्कन पाउँदैन ।” देश निर्माणको संबाहक निर्माण उद्योगको संरक्षण गर्नु राज्यको दायित्व रहेको उहाले उल्लेख गर्नुभयो ।

 

उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्मा, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष कृष्ण बहादुर खड्का, राजनीति दलका प्रतिनिधि, निर्माण व्यवसायि महासंघका पदाधिकारी, महासंघ लुम्बिनी प्रदेश तथा जिल्लाका अध्यक्ष लगायतले संबोधन गरेका थिए ।

 

जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा भएको उद्घाटन कार्यक्रममा संघका महासचिव नारायण ज्ञावालीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विशेयक थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघका जिल्ला अध्यक्ष नविन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पत्रकार विजयसिंह भारतीले गर्नुभएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनले संघको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

Related Articles

Back to top button