> समाज > यस्ता छन् प्यूठानका विद्यार्थी नेताका दसैँ योजना


यस्ता छन् प्यूठानका विद्यार्थी नेताका दसैँ योजना

प्यूठान, ८ कात्तिक । नेपालीको महान पर्व दसैँ घरआँगनमा भित्रिसकेको छ । जागिर अध्ययन, रोजगारका लागि घरबाट टाढा देश तथा विदेशमा रहेकाले समेत घर फर्कने अवसरको रूपमा दसैँलाई लिने गर्दछन् यसकारण पनि आफन्त भेटघाट गर्ने, रमाइलो गर्ने अवसरका रूपमा पनि दसैँलाई लिने गरिएको छ । दसैँ मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने एउटा पर्व पनि हो ।

तर विगतका वर्षजस्तो यो वर्षको दसैँ भने त्यति उल्लासमय छैन । जताततै कोरोना कहरका कारण डरैडरमा दसैँ मनाउनुपर्ने बाध्यता रहेको छ । खुलेर सपिङ, भेटघाट, रमाइलो गर्नुको सट्टा घरमै सीमित रहेर मनाउनुपर्ने बाध्यता छ । कतिपय त कोरोनाको डरका कारण घर फर्किन समेत पाएका छैनन् । प्यूठानका विद्यार्थी नेताका अवस्था पनि त्यस्तै छ । कतिपय कोरोनाको डरले साथीभाई आफन्त भेटन् समेत नपाएको गुनासो गर्छन् भने कतिपयले सामाजिक दुरी कायम गर्दै भेटघाट गरिरहेको बताउछन् । प्यूठानका विद्यार्थी नेताहरुको दसैँ योजना उनीहरूकै शब्दमा ।

बिनोद भण्डारी
अनेरास्ववियू केन्द्रीय सदस्य तथा नेकपा प्यूठान जिल्ला कमिटि सदस्य, प्रेस संगठन फ्याक्सन सह ईन्चार्ज
नेपालिहरुको महान चार्ड बडा दशै तथा शुभ दिपावलिको हार्दिक शुभकामना ब्यक्त गर्दछु । मैले यसपालिको दशै अबसर र चुनौति दुबै कोष बाट नियालि रहेको छु । म हरेक चार्डवार्ड मनाउन गाउँमा आउने गर्दछु । यसपालि पनि नौबहिनि गाउँपालिका वडा नं ८ लुप्लुङको जन्मघरमा आएको छु । मेरो दशै अबधि भर यतै बसेर दशैलाई मनाउने योजनामा छु । महान चार्ड दशै अघिल्ला बर्ष जसरी मनाउने गरिन्थ्यो अहिले कोरोना भाईरसको महामारीको कारणले गर्दा त्यसरी मनाउने कुरा रहेन । सरकारले आव्हान गरेको स्वास्थ्यको मापदण्ड अनुसार मनाउने योजनामा रहेको छु ।

असत्य माथि सत्यको विजयको रुपमा मनाउदै आईरहेको विजया दशमी आफु भन्दा मान्यजनहरुबाट टीका लगाई आशिर्बाद लिने र शुभकामना आदानप्रदान गरि हर्ष उल्लासका साथ मनाउने यस पर्व यस बर्ष घरमै बसेर घर परिवारको बिचमा मात्र टीका ग्रहण गरि मनाउन बाध्यता रहेको छ । मैले यो समयमा घरमा घरायसि कामहरु गरिरहेको छु । म शारिरीक ब्यामको रुपमा नियमित बिहानमा ब्याडमिन्टन खेल्ने गर्छु, घरमा सरसफाई गर्ने, परिवार जमघट हुदा या अन्य समयमा पनि खाना बनाउने मेरो रुचि छ सबै परिवारको साथमा खानाको विभिन्न परिकार बनाउने गर्छु, परिस्थिति बिगतको दशै भन्दा फरक रहेकोले घरमै बस्ने विभिन्न राजनितिक पुस्तकहरु अध्ययन गर्ने, सामाजिक संजालको सिमित प्रयोग गर्ने, घरमा तरकारी खेति देखि अन्य कामहरु गर्ने विभिन्न परिकारहरु खाएर परिवारसंग प्रत्यक्ष रमाइलो गर्ने र इष्टमित्र सामाजिक ब्यक्तित्व, राजनितिक नेता कार्यकर्ताहरुसंग सामाजिक संजाल तथा फोनबाट शुभकामना आदान प्रदान गर्ने तथा गाँउमा अग्रजहरु मलाई माया गर्ने तमाम इष्टमित्र दाजुभाईहरुसंग दुरी कायम गरि भेटघाटका काम गरेर दिनहरु बितिरहेका छन् । मैले कुनै पनि महान चार्डहरुलाई खर्चिलो र अनाबश्यक भडकिलो, देखासिखिको रुपमा कहिल्यै लिएन, यस्ता पर्वहरुलाई फजुल खर्च गरि भडकिलो तरिकाले लिनुहुदैन । परम्परागत हिसाबले मनाइने यस पर्वहरुले हाम्रो समाजमा वर्ग विभेदको रुपमा नागरिकहरुले यसलाई परिबर्तन गर्दै गरेको देखिन्छ । हुने खानेलाई उमङ्ग र हुदा खाने बर्गको लागि प्राय दशै दशा बनिरहेको अबस्थामा एक अर्कामा सहयोग आदानप्रदान गरि मिलेर मनाउने खालको दशै बन्न जरुरी देखिन्छ ।

 

कोरोना भाईरसले आक्रान्त बनिरहेका र संक्रमण रहेका नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना कोरोनाका कारण मृत्यु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दै यस बर्षको दशैलाई घरमै सुरक्षित रहि सरकारले तोकेको स्वास्थ्य मापदन्ड पालना गरी घर भित्रै जे छ त्यसैमा हर्ष उल्लाहसमय बाताबरणमा दशै मनाऔ सबैमा हार्दिक शुभकामना । धन्यबाद ।

 

जाल बहादुर के.सि
संयोजक अनेरास्ववियू प्यूठान ।
यसपालिको दशै उत्साहजनक छैन । पहिलो त कोभिड-१९ ले विश्व नै आकान्तमय भएको बेला नेपाल पनि अछुट हुन सकेन । कोभिड-१९ ले झन पछि झन बिकराल अवस्था लिदै छ । यसका बाबजुट पनि पारिवारिक रुपमा दशै मनाउने तयारी गरिरहेका बेला पारिवारिक नाता पर्ने हजुरवुवाको मृत्युले हाम्रो परिवारको दशै टिका रोकिएको छ । विगतदेखि नै हाम्रो परिवार तमझम नगरि हरेक चार्डपर्व मनाउने गर्दथ्यौ ।

 

हामीले चाडपर्वलाई सामाजिक सास्कृतिक परम्परालाई संरक्षण गर्दै बिगत देखी मनाउने गर्दथ्यौ । यसपालि त्यो पनि रोकियो । हाम्रो समाजमा खास गरी दशैमा नयाँ कपडा किन्ने सामाग्री किनमेल गर्ने प्रचलन भए पनि मलाई त्यो मन पर्दैन सामाग्री आवश्यकताले किनमेल गर्ने हो चाडपर्वमा सकि नसकी किनमेल गर्नु पर्छ भन्ने कुरा मन पर्दैन अहिले सम्म त्यस्तो पनि गरेको छैन गर्दैन पनि भन्ने हो ।

 

पार्टी संगठनले आयोजना गरेका दशै बिशेष शुभकामना अदान प्रदान गरेका कार्यक्रम सहभागि भएको छु समग्रमा यसपालिको बिजया दशमी राम्रो भएन आफतजनसँग भेट्घाट (जमघट) पनि हुन सकिएन । अन्तमा हिन्दू नेपालीहरुको महान चार्ड बिजया दशमी, शुभ दिपावलि र छठ पर्वको पावन अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना

 

चोपलाल वि.क
अध्यक्ष
अनेरास्ववियु छैटौँ, प्यूठान
विगत वर्षहरुमा जस्तो अहिलेको दशैँ हर्षउत्साहका साथ मनाउनका लागि सबैसँग भेटघाट गर्ने, टिका लगाउने स्थिनि छैन । विगतमा वर्षहरुमा जस्तै मेला हेर्नजाने, साथीभाईहरुसंग भेटघाट गर्ने, बस्ने, रमाइलो गर्ने त्यो चाहिँ गर्दैनौँ । सामाजिक दुरी कायम गरेर आआफ्नै घरमा बसेर दशै मनाउन र मेला, जमघटमा उपस्थित नहुन म लगायत अनेरास्ववियु छैटौँको तर्फबाट आग्रह गर्न चाहन्छु ।

 

साथै अन्त्यमा विजया दशमीको सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदिवहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

 

पुस्कर शर्मा
सहसंयोजक
अनेरास्ववियु, प्यूठान
विगतको जस्तो यो वर्षको दशैँ उल्लासमय छैन तर पनि आफ्नो परम्परा, धर्मसंस्कृतिलाई निरन्तरता दिन मनाउनुपर्छ । म यसपालिको दसैँ प्यूठान मै मनाउँदैछु । घरकै अभिभावकको हातबाट टीका थापेर आशीर्वाद लिन्छु । सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले आफन्तकोमा टीका थाप्न जाने स्थिति छैन । दसैँलाई आफन्त भेटघाट र घुमघामको पर्व पनि मानिन्छ । तर कोरोनाको कारण यस पटक दुवै हुन सक्दैन । साथै सम्पुर्णलाई स्वास्थ्य मापदण्ड पुरा गरेर दशैँ मनाउन आग्रह गर्दछु ।

 

अन्त्यमा विजया दशमीको सम्पुर्ण विद्यार्थी, शिक्षक, अभिभावक, राजनितिज्ञ तथा नेपाली आमाबुबा, दिदिवहिनी दाजुभाईलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *