प्युठान । नेपाल पत्रकार महासंघ प्युठानको १४औं साधारण सभा आज सप्पन्न भएको छ । कालिका बिकास केन्द्रको सभाहलमा आज साधारणसभा सप्पन्न भएको हो ।
साधारण शभाको अवसरमा जिल्लाका पुर्व पत्रकार बिभिन्न स्थानीय तहमा निर्वाचित भएकोमा सम्मान गरिएको छ ।
प्युठान नगरपालिकाका उप प्रमुख देबेन्द्र वर्मा, झिम्रुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर राना र मल्लरानी ३ का वडा अध्यक्ष नोमराज पौडेललाई सम्मान गरिएको थियो ।
शाखा अध्यक्ष सन्जय रिजालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका बक्ताहरुले पत्रकारिता क्षेत्रलाई थप शसक्त बनाउनुपर्ने बताएका छन । उनीहरुले जिल्लाको शुसासन र बिकासका लागि पत्रकारिताको भुमिका महत्त्वपूर्ण रहेको बताएका छन ।
स्वागत उपाध्यक्ष यादब पौडेल र संचालन सचिब प्रकाश बैधले गर्नुभएको थियो ।
