झिमरुकको बजेट सार्वजनिक, क्याम्पसमा नि:शुल्क पढाई
झिमरुक । झिमरुक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ काे लागि ५० कराेड २ लाख २२ हजार १ सय ५० रुपियाँ सार्वजनिक गरेको छ ।
उपाध्यक्ष प्रमोद पोख्रेलले १४ औं गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो । पालिकाले गाैमुखि क्याम्पस मच्छिमा पढ्ने सबै विद्यार्थीको भर्ना शुल्क र मासिक शुल्क सबै स्थानीय सरकारले तिरिदिने गरि कार्यक्रम ल्याएको उपाध्यक्ष पोख्रेलले बताउनुभयो ।
दुई जना सिविल ईन्जिनियर, दुई जना सब ईन्जिनियर निशुल्क पढाउने गत आबकाे कार्यक्रमलाई पुर्णता दिने र आगामि आर्थिक वर्षदेखि ५० प्रतिशत अनुदानमा कृषि जेटिए र भेटनरि जेटिए २/ २ जना गरि ४ जनालाई पढाउने कार्यक्रम रहेको उपाध्यक्ष पोख्रेलले बताउनुभयो ।
किसानले उत्पादन गरेकाे काेदाे, आलु, फापर, भट्मास, बेसार लगायतका बस्तु स्थानीय सरकारले किसानबाट किनिदिने र बजारिकरण गरिने पालिकाले योजना बनाएको छ ।






