> राष्ट्रिय > गौमुखि गाउँपालिका स्तरीय आदिवासी जनजाति संजाल गठन


गौमुखि गाउँपालिका स्तरीय आदिवासी जनजाति संजाल गठन

गौमुखी । गौमुखी गाउँपालिकामा आदिवासी जनजाति सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेका ७ वटै वडाबाट प्रतिनिधित्व हुने गरि सहभागिहरुको उपस्थितीमा गाउँपालिकाको सभाहल पुँजा लिवासेमा कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर रानाले आदिवासी जनजातिहरु आफ्नो हक अधिकारको लागि अग्रसर बन्नुपर्ने बताउनुभयो । उहाँले आदिवासी जनजातिको पहुँच, प्रतिनिधित्व, पहिचान र प्रतिष्ठाका लागि क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा प्रमुख अतिथी नेपाल मगर संघ प्यूठानका अध्यक्ष देविराम पुनले आदिवासी जनजाति जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले राज्यको पहुँचमा पुग्नका लागि राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिको रुपमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्युठानका अध्यक्ष सुजल श्रेष्ठले जनजातिको हक अधिकार, चुनौती र आगामी योजनाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी, नेपाल मगर संघ प्यूठानका अध्यक्ष देविराम पुनले जिल्लामा आदिवासी जनजातिको अवस्था, राजनीतिक पहुँच, विकासको अवस्थाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।


कार्यक्रमको अवसरमा नारायण पुनको अध्यक्षतामा ११ सदस्यीय गौमुखी गाउँपालिका स्तरीय आदिवासी जनजाति सञ्जाल गठन गरिएको छ । समितिको उपाध्यक्ष रमेश गुरुङ, सचिव मिना पुन, कोषाध्यक्ष चन्द्र बहादुर के.एम. रहनुभएको छ ।

एक सदस्य पछि थप गर्ने गरी सदस्यमा मोहन पुन मगर, छमा थापा मगर, डम्बरलाला गुरुङ, कर्मवाङेल गुरुङ, धन बहादुर थापा मगर, धन बहादुर तामाङ रहनुभएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महावीर रानाको अध्यक्षता एवं नेपाल मगर संघ प्यूठानका अध्यक्ष देविराम पुनको प्रमुख आतिथ्यतामा उद्घाटन शत्र सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष डिल बहादुर थापा, वडा नं. २ का वडा अध्यक्ष डोर बहादुर राना र वडा नं. ३ का वडा अध्यक्ष जंग बहादुर पुन, समाजसेवी गोर्वद्धन थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका उमा अर्यालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *