प्यूठान । मल्लरानी गाउँपालिका वडा नं. १ स्थित सोलहाल्ना पुग्ने दहखोला सोलहाल्ना सडक दुई सातादेखी अवरुद्ध भएको छ । सोलहाल्नाको ओडारे भन्ने स्थानमा असार २१ गते खसेको ठूलो ढुंगा अहिलेसम्म नहटाउँदा बाटो बन्द भएको हो ।
ढुंगा फुटाउन मेसिन पठाएपनि मेसिनले नसकेर फर्किएको वडा सदस्य कमल पौडेलले बताउनुभयो । पुनः मेसिन पठाएर १/२ दिनमा बाटो सुचारु गरिने वडा सदस्य पौडेलले बताउनुभयो । “झरिले गर्दा पनि समस्या भएको छ ।” उहाँले भन्नुभयो, “छिटै सुचारु हुन्छ ।”