राष्ट्रियसमाज

मृतककाे परिवारलाई हाेटल ब्यबसायि संघकाे आर्थिक सहयाेग

प्युठान । हाेटल ब्यबसायि संघ प्युठानले झिमरुक गाउपालिका ५ निबासि आफ्नो सदस्य होटल व्यवसायी हिराबहादुर राेका मगरलाइ  आर्थिक सहयाेग गरेकाे छ । मगरकाे श्रीमती तुलसा राेकाकाे भदाै ६ गते उच्च रक्तचापका कारण  निधन भएकाेमा दुख ब्यक्त गर्दै किरिया खर्चकाे लागि पाँच हजार रूपिया सहयाेग गरेकाे हाे ।

 

आईतबर हाेटल ब्यवसायि संघ प्युठानका महासचिब लिलाधर न्याैपाने, मच्छि ईलाका अध्यक्ष राम बहादुर एम सि सहित हाेटल ब्यबसायिहरु मृतक राेकाकाे घरमा पुगि समबेदना प्रकट गर्दै स्वर्गीय तुलसा राेका मगरकाे श्रीमान हिरा राेकामगरलाई आर्थिक सहयाेग गरेकाे महासचिब न्याैपानेले बताउनुभयाे ।

Related Articles

Back to top button