> राष्ट्रिय > पार्टी विग्रह रोक्न दुवै अध्यक्षलाई बामदेव गौतमको ६ बुँदे प्रस्ताव


पार्टी विग्रह रोक्न दुवै अध्यक्षलाई बामदेव गौतमको ६ बुँदे प्रस्ताव

प्यूठान, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्षक बामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै पार्टीका दुवै अध्यक्ष समक्ष ६ बुँदे प्रस्ताव राख्नुभएको छ ।

पार्टीको एकता महाधिवेशनसम्म अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको जिम्मेवारीमा रहने र पुष्पकमल दाहाल सम्पूर्ण कार्यकारी सहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव गौतमको छ ।

पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने, प्रधानमन्त्रीका दैनन्दीनका काममा पार्टीले हस्तक्षेप नगर्ने, राष्ट्रिय र अन्र्तराष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्नुपर्ने उहाँको प्रस्ताव छ ।

पार्टी सचिवालयको परामर्श तथा सुझावका आधारमा विभिन्न नियुक्ती गर्नुपर्ने, पार्टीका बैठक पार्टी कार्यालयमा आयोजना गर्नुपर्ने गौतमको प्रस्ताव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *