महेश थापा
प्यूठान । नौबहिनी गाउँपालिका वडा नं. ७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । रेगम बुढाथोकीको नेतृत्वको प्यानल विजयी भएको छ । बुढाथोकीले ६५३ मत पाउनुभएको छ । प्रतिस्पर्धी गठबन्धनका दिलमाल रानाले ले ५५६ मत पाउनुभएको छ ।
महिला सदस्य मिना सुवेदी, दलित महिला सदस्य इन्द्रा सुनार, खुल्ला सदस्य मधु भण्डारी र पूणर् बहादुर घर्ति विजयी हुनुभएको छ ।

त्यसैगरी गौमुखी गाउँपालिका २ मा गठबन्धनबाट नेपाली कांग्रेसका डोर बहादुर राना विजयी हुनुभएको छ । रानाले ६६३ र प्रतिस्पर्धी एमालेका सिताराम थापाले ४५२ मत ल्याउनुभएको छ ।
महिला सदस्य तेजमला राना, दलित महिला सदस्य मनिषा दमै, खुल्ला सदस्य हर्क बहादुर थापा र जंग बहादुर राना विजयी हुनुभएको छ ।


