प्यूठान । मल्लरानी गाउँपालिकाले फागुन १५ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँकार्यपालिकाको निर्णय अनुसार ४३ औ मगर दिवसको अवसर पारेर बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवालले बताउनुभयो ।
मगर समुदायको बसोबस रहेको र दिवसलाई हर्षोल्लासका मनाउन पहिलो पटक सार्वजनिक बिदा दिईएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताउनुभयो । फागुन १५ गते गाउँपालिका, वडा कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा बन्द हुनेछ्न ।
चुजाँठाटीमा विशेष कार्यक्रम
मल्लरानी गाउपालिका २ नंं. वडा कार्यलयको आयोजनामा मगर दिवसको अवसरमा विविध सास्कृतिक कार्यक्रम हुँदैछ । ठुलाखेत चुजाँठाटीमा हुने सास्कृतिक कार्यक्रममा `करिमै´ बोलको गीतकी मोडल नारायणी खत्रीको समेत प्रस्तुती रहनेछ ।
साथै सामुहिक तथा एकल नृत्य प्रतियोगिता, भाले पकट प्रतियोगिताको आयोजना गरिएकोछ ।
कार्यक्रममा मगर समुदायका स्थानीय खानाका परिकार समेत उपलब्ध हुने वडा अध्यक्ष लेख वहादुर थापाले जानकारी दिनुभयो ।
