> समाज > मल्लरानी गाउँपालिकामा उद्घोषण सम्वन्धी तालिम


मल्लरानी गाउँपालिकामा उद्घोषण सम्वन्धी तालिम

प्यूठान । मल्लरानी गाउँपालिकाको ४ वटा वडामा उद्घोषण सम्वन्धी तालिम सम्पन्न भएको छ । मल्लरानी गाउँपालिका वडा नं. १, वडा नं. २, वडा नं. ३ र वडा नं. ५ मा तालिम गरिएको हो ।

 

मल्लरानी गाउँपालिकाको सहयोग तथा युथ मिडिया डेभलप्मेन्ट सेन्टर नेपालको आयोजनामा वडा स्तरीय दुई दिने उद्घोषण तालिम गरिएको हो । तालिममा वडाका बालबालिका तथा किशोरकिशोरीको सहभागिता रहेको थियो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलले युवाहरुलाई हरेक क्षेत्रमा आवश्यक पर्ने भएकाले तालिम महत्वपूणर् भएको बताउनुभयो । उहाँले यस प्रकारको तालिम आगामी दिनमा वडाको बजेटबाट सञ्चालन गर्ने तर्फ आफूले ध्यान दिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *