प्यूठान । ऐरावती गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा भिमेस घर्तिमगर, महिला सदस्य सरस्वती जिसी, दलित महिला सदस्य अनिता तामा्राकार सुनार, खुल्ला सदस्य कृष्ण बहादुर भैया मगर र भिम बहादुर जिसी विजयी हुनुभएको हो ।
अध्यक्ष घर्तिमगरले ८२७ मत प्राप्त गर्नुभयो । गठबन्धनबाट राजमोका उम्मेदवारले ६९५ र एमालेका उम्मेदवारले ३१३ मत प्राप्त गरेका छन् ।
