> राष्ट्रिय > प्यूठानको नेपानेमा एक युवक मृतक भेटिए, एक जना गम्भीर घाइते


प्यूठानको नेपानेमा एक युवक मृतक भेटिए, एक जना गम्भीर घाइते

प्यूठान, १३ असार । प्यूठान नगरपालिका वडा नम्वर १० नेपानेमा एक युवक मृत भेटिएका छन् । भने एक युवक गम्भीर घाईते अवस्थामा फेला परेका छन् ।

प्यूठान नगरपालिका वडा नम्वर १० पातिहाल्ना निवासी अन्दाजी २४ वर्षीय हेमन्त पुनमगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सँगै अन्दाजी २४ वर्षका सुरेश बस्नेत गम्भीर अवस्थामा फेला परेका हुन् ।

बस्नेत पनि पातिहाल्ना निवासी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । गम्भीर घाईते बस्नेतकाे अनुहार र टाउकाेमा चाेट लागेकाे छ । बस्नेतकाे प्यूठान अस्पतालमा उपचार सम्भव नभएपछि बुटवल रिफर गरिएको छ ।

मृतकका आफन्तले युवकको कुटपिटबाट हत्या गरिएको आरोप लगाएका छन् । उनीहरु आईतबार गोठ मर्मतको कामका लागि नजिकैको गाउँ नेपाने गएका थिए ।  मृतककाे शव घटना स्थलमै रहेकाे छ । प्रहरी घटनास्थलमै रहेकाे प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *