प्यूठान, १६ असार । प्यूठान नगरपालिका वडा नम्वर १० नेपानेमा दुई दिन अघि एक युवक मृत अवस्थामा र एक युवक घाइते अवस्थामा भेटिएकाे घटनाको घटनाकाे अभियुत्त पहिचान भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार उक्त घटनाको अभियुक्त पहिचान भएको हाे । उनीहरु प्रहरी हिरासतमा रहेका छन् । उनीहरुलाई भोलि जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने जनाएको छ ।
प्यूठान नगरपालिका १० पातिहाल्ना निवासी २४ वर्षीय हेमन्त पुनमगर मृत अवस्थामा र २० वर्षीय सुरेश बस्नेत असार १४ गते विहान पौने ८ बजेको बेहोस अवस्थामा फेला परेका थिए ।
प्रहरी नायव उपरीक्षक सुनिल मल्ल र प्रहरी निरीक्षक देवीप्रसाद गैरेको नेतृत्वको टोलीले घटनालगत्तै अनुसन्धान अगाडी बढाएको थियो ।
बेहोस अवस्थामा भेटिएका बस्नेतको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।