प्यूठान । लागु औषध दुव्र्यसन रोकथाम सम्वन्धी किशोरकिशोरी, युवा तथा सामाजिक अभियान्तहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार खलंगामा उक्त कार्यक्रम गरिएको हो ।
‘आजका किशोरकिशोरी : भोलिका राष्ट्रका कर्णधार’ भन्ने मुल नाराका साथ लागु औषध दुव्र्यसन रोकथाम अभियान २०८१ अन्तरगत अभिमुखिकरण दिइएको गैसस महासंघ नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायवव उपरिक्षक इश्वर थापाले लागु औषध दुव्र्यसन, यसको रोकथाम, असर र नियन्त्रण बारे प्रशिक्षण दिनुभएको थियो । सम्भ, शान्त समाज निर्माणका लागि प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले व्यक्ति, परिवार र समाज रुपान्तरणमा सबैले आ–आफ्नो ठाँऊबाट पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
सामाजिक अभियान्तहरुले समाज रुपान्तरणका सवालहरुलाई हरेक अभियानसँग जोड्नु जरुरी रहेको मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका अध्यक्ष बसन्तलाल शाक्यले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय प्यूठान, गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा प्यूठान र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र प्यूठानको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमको संचालन प्रज्वल पहाडीले गर्नुभएको थियो ।