> राजनीति > माण्डवीमा २८ औं जनयुद्ध दिवस मनाईयो


माण्डवीमा २८ औं जनयुद्ध दिवस मनाईयो

प्युठान । माण्डवी गाउँपालिका-२ पुकरुक सहिद पार्क प्युठानमा २८औ जनयुद्ध दिवस कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्र प्युठानका जिल्ला इन्चार्ज नारायण प्रसाद अधिकारीले जनयुद्धको जगमा संविधान,सघीयता र गणतन्त्र आयको बताउदै विभाजित भएका पुर्ब माओवादीहरु गम्भीर समिक्षा गरेर एक जुट हुनुपर्न बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिबालय सदस्य तथा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोसन)ले समाज परिवर्तनको लागि माओवादी आन्दोलन महत्त्वपूर्ण रहेको र माओवादी आन्दोलनमा यस क्षेत्रको जनताको योगदान बिशेष रहेको बताउदै वर्तमान सबिधान र सघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको लागि सहिदले बगाएको रगत र जनयुद्ध भएको वताउनु भएको छ ।


नेकपा माण्डवी गाउँ पालिका इन्चार्ज तथा-१नं वडा अध्यक्ष बाम बहादुर वुढाले बर्तमान ब्यबस्थाबाट सहिदहरु सपना पूरा हुन नसक्ने भन्दै बैज्ञानिक समाजबादि ब्यबस्था जरुरी रहेको बताउनु भएकोे थियो । नेपाली काङ्ग्रेसका नेता तथा वडा नं-२ का वडा अध्यक्ष प्रकाश वलिले सर्बहारा र पिछडिएको बर्ग लागि माओवादी आन्दोलन मुख्य उपलब्धी भएको बताउनु भएको थियो ।

कार्यक्रममा बामपंथी नेता धर्मराज पण्डितले नेपालमा बर्तमान ब्यबस्था आउनुमा माओवादी आन्दोलनको परिमाण भएको बताउनु भएको थियो । नेकपा माओवाद केन्द्र र नेकपाको सयुक्त आयोजना भएको कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र माण्डवी गाउँपालिका अध्यक्ष बल बहादुर केसि-शिशिर,र संचालन नेकपाका नेता राजेन्द्र राउतले गर्नुभएको थियो ।

सहिद पार्कमा रहेको सहिद स्मारकमा प्रमुख अतिथि, बिशेस अतिथि र अतिथीहरुले माला र अबिर लगाइ सुरु भएको कार्यक्रममा माओवादी केन्द्रका नेता हरि बस्नेत,छबिलाल पुन,नेकपाका नेता डाेर बहादुर घर्ती,सहिद परिबार बाबुराम पौडेल,गोपिराम पुन,रेसम रोका,कार्यपालिका सदस्य रमा पौडेल,वडा सदस्य श्रीधर पुन,लगायत ठुलो सख्यामा जनसहभागिता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य माओवादी केन्द्र माण्डवी-२ का अध्यक्ष तथा वडा सदस्य यम बहादुर पुनले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *