समाज

स्वर्गीय आमाबुवाको सम्झनामा ३० विपन्न परिवारलाई खाद्यान्न सहयोग

प्यूठान । स्वर्गीय बुवा सुरेश पोख्रेल र आमा सरिता पोख्रेलको स्मृतिमा दुई दाजुभाइले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

प्यूठान नगरपालिका–२क्वाडी निवासी सचिन पोख्रेल र सुवर्ण पोख्रेलले आफ्ना स्वर्गीय आमाबुवाको सम्झनामा सोही वडाका ३० अति विपन्न, असहाय तथा अशक्त परिवारलाई चामल, दाल, नुन, तेललगायतका खाद्यान्न सामग्री वितरण गरेका हुन् ।

आर्थिक अभावका कारण दैनिक गुजारा चलाउन कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गरी गरिएको सहयोगले केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

आमाबुवाको सम्झनालाई सामाजिक सेवासँग जोड्दै गरिएको यस मानवीय कार्यले समाजमा सहयोग, सद्भाव र मानवीयताको सकारात्मक सन्देश दिएको छ ।

Related Articles

Back to top button