> खेलकुद > युरो कप नकआउट चरण खेल्ने टोलीको लाग्यो टुंगो


युरो कप नकआउट चरण खेल्ने टोलीको लाग्यो टुंगो

प्यूठान, १० असार । जारी युरो कप २०२० मा नक आउट चरण खेल्ने १६ टिमको टुंगो लागेका छ ।

 

गएराती भएका ४ खेलसँगै अन्तिम टोलीको टुंगो लागेको हो । खेलमा स्वीडेनले पोल्याण्डलाई ३–२, स्पेनले स्लोभाकियालाई ५–० ले हराएका छन् । जर्मनी र हंगेरी २–२, पोर्चुगल र फ्रान्स पनि २–२ गोलले बरावरी खेलेका हुन ।

 

स्वीडेन र स्पेन ग्रुप इ को त्यस्तै समुह एफ को फ्रान्स र जर्मनी समुह विजेता र उपविजेताबाट अन्तिम १६ मा पुगेका हुन भने पोर्चुगल ४ अंक, चेक रिपव्लिक ४ अंक, स्वीट्जरल्याण्ड ४ अंक र युक्रेन ३ अंकले उत्कृष्ट तेस्रो हुँदै नक आउट चरणको यात्रा तय गरेका हुन् ।

 

अन्तिम १६ मा शनिवार राती जुन २६ देखी जुन ३० सम्म ८ खेल हुनेछन् । जसबाट ८ टिमले क्वाटर फाइनलको यात्रा तय गर्नेछन् ।
नेपाली समय अनुसार युरो कप २०२० अन्तिम १६ को खेल तालिका तस्वीरमा हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *