> खेलकुद > जर्मनीकाे शानदार जित, स्पेन र पाेल्याण्डकाे बराबरी


जर्मनीकाे शानदार जित, स्पेन र पाेल्याण्डकाे बराबरी


प्यूठान, ६ असार । जारी युराे कप २०२० मा गए राती भएकाे खेलमा जर्मनीले पाेर्चुगललाई ४-२ ले हराएकाे छ भने स्पेन र पाेल्याण्ड १-१ बराबरी खेलेका छन् ।             

पहिलाे खेलकाे १५ मिनेमा राेनाल्डाेकाे गाेलबाट अग्रता लिएकाे पाेर्चुगलले ३५ र ३९ मिनेटमा जर्मनीलाई २ गाेल उपहार दिएकाे थियाे । खेलकाे दाेस्राे हाफमा ५१ र ६० मिनेटमा २ गाेल थप्दै जर्मनीले ४-१ काे अग्रता लिएकाे थियाे । ६७ मिनेटमा जाेटाले १ गाेल थप्दै पाेर्चुलाई २-४ मा पुर्याएकाे खेलमा कुनै गाेल हुन सकेन र जर्मनीले ४-२ काे शानदार जित दर्ता गर्याे ।                                             

त्यस्तै अर्काे खेलमा स्पेन र पाेल्याण्ड १-१ काे बराबरी खेलेका छन् । ३४ मिनेटमा माेराटाकाे गाेलबाट अग्रता कायम गरेकाे थियाे । ५३ मिनेटमा लेण्डेवस्कीले गाेल फर्कनउँदे पाेल्याण्डलाई बरबरीमा फर्काए । ५७ मिनेटमा स्पेनले पेनाल्टीकाे सुनाैलाे अवसर गुमाँदा अंक बाँड्नुकाे विकल्प रहेन ।                                                           

समूह इ मा रहेकाे स्पेनकाे २ खेल नै बरबरी खेल्दा २ अंक सहित २ तेस्राे र १ खेल बरबरी र १ खेल हारेकाे पाेल्याण्ड १ अंक सहित पुच्छारमा छ । ४ अंक सहित स्वीडेन पहिलाे र ३ अंक सहित स्लाेभाकिया दाेस्राे स्थानमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *