> खेलकुद > पर्यटकीय स्थल भित्रिकोटमा दौड प्रतियोगिता, ८ किलोमीटर दुरी ५० मिनेटमा पूरा


पर्यटकीय स्थल भित्रिकोटमा दौड प्रतियोगिता, ८ किलोमीटर दुरी ५० मिनेटमा पूरा

प्युठान । जिल्लाको पर्यटकीय स्थल भित्रिकोटको प्रचार प्रसारका लागि आज दौड प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता मा प्युठान नगरपालिका-७ का गोबिन्द बहादुर घर्ती क्षेत्रीले ५० मिनेटमा ८ किलोमीटर दुरी पूरा गरेर प्रथम हुनुभएको छ ।

त्यसैगरी गोबिन्दका भाइ तिलकले ५२ मिनेटमा पूरा गर्नुभयो भने प्युठान नगरपालिका-९ का तेज बहादुर पुनले ५३ मिनेटमा पूरा गर्नुभएको थियो ।

प्रतियोगिताका बिजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । उक्त पुरस्कार कोजागत पुर्णिमाको दिन बखडी मेलामा बितरण गरिनेछ । प्रतियोगितामा १७ जना सहभागी थिए । १५ जन गन्तव्यसम्म पुगेका थिए । गन्तव्यमा पुगेका सहभागी प्रतियोगीलाई समेत ३ हजार रुपियाँको दरले पुरस्कार दिने आयोजकले जनाएको छ ।


पुण्यखोला स्थित नेपाली सेनाको ब्यारेक अगाडिबाट दौड शुरु भएको थियो । प्युठान नगरपालिका ४,६ र ७ वडा र भित्रीकोट- बखडी मेला ब्यबस्थापन समितिको आयोजनामा प्रतियोगिता संचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *