प्यूठान, २ असार । युराे कपमा मंगलबार राती भएकाे खेलमा पाेर्चुगलले हंगेरीलाई ३-० ले हराएकाे छ ।
पाेर्चुगललाई जिताउन जुरेराेले ८४ मिनेटमा र राेनाल्डाेले ८७ मिनेटमा पेनाल्टी साथै ९० मिनेटमा २ गाेल गर्नुभएको थियाे । पाेर्चुगलले खेलकाे अन्तिम १० मिनेटमा ३ गाेल गरेकाे हाे ।
रोनाल्डो युरो इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालिक खेलाडी बन्नु भएको छ ।
यस्तै रोनाल्डो पाँचौँ पटक पुरुष युरो कप खेल्ने पहिलो खेलाडी समेत बन्नु भएकाे छ ।
