> Uncategorized > प्यूठान खवाङको घर गोठमा आगलागी


प्यूठान खवाङको घर गोठमा आगलागी

महेश थापा प्यूठान, ६ असार । नौबहिनी गाउँपालिका–४, खवाङ देउरालीमा गएराती घर गोठमा आगलागी भएको छ ।


चित्र बहादुर विश्कर्माको घर गोठमा आइतवार विहान आगोलागी हुँदा लत्ताकपडा, खाद्यान्न, अन्य सामान जलेरको छ । आगलागीबाट पशुचौपायामा ३ वटा भेँडा जलेर नष्ट भएको देवीलाल विश्वकर्माले बताउनु भएको छ ।

 

आगोलागी के कारणले लागेको हो भन्ने खुल्न नसकेका विश्कर्माले बताउनु भएको छ । राती करिव १२ः२५ मा आगोलागी भएको थाहा भएको समेत विश्वकर्माले बताउनु भयो ।

 

थप क्षतीको थप विवरण प्रहरी मुचुल्काबाट थाहा हुने ईलाका प्रहरी कार्यालय लुङ बाहानेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *