> राष्ट्रिय > गायक पशुपतिको गीतमा रमाए दर्शक


गायक पशुपतिको गीतमा रमाए दर्शक

प्यूठान । स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सवको चौथो दिन महोत्सव हेर्न पुगेका दर्शकहरु पशुपति शर्माको गीतमा रमाएका छन् ।

 

चौथो दिनमा चर्चित गायक पशुपति शर्माको गीत सुन्न पुगेका दर्शक शर्माले गाएको गीतसँगै नाँचे । उनीहरुले गायक शर्मालाई ‘कोरस’ मा साथ दिए । दर्शकको साथले शर्मा समेत हौसिएका थिए । शर्माले चर्चित करीव आधा दर्जन बढी गित प्रस्तुत गर्नुभएको थियो ।

 

त्यसैगरी गायिका टिका प्रसाईँले ‘ए पिपलु कति दिन्छौ तिमी मात्रै माया ?..’ लगायतका चर्चित गीत सुनाउनुभएको थियो । कार्यक्रम सञ्चालनको साथसाथै गायक दिपु पुन मगरले समेत आफ्नो प्रस्तुती राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *