प्यूठान, ३ वैशाख । प्यूठान नगरपालिका वडा नम्वर ९ र १० का महिला कपडाको झोला बुन्न सिक्दैछन् । कपडाको झोला बुनाई सम्बन्धी ४५ दिनको तालिममा सहभागी भएर उनीहरुले सीप सिक्न थालेका हुन् ।
प्यूठान नगरपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन भएको गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत मरन्ठाना ९ र १० वडाका सम्भावित १८ जना महिलालाई व्याग उत्पादन सम्वन्धी सीप विकास तालिम आयोजना गरिएको उद्यम विकास सहजकर्ता विन्दु केसीले जानकारी दिनुभयो । तालिम ४५ दिनसम्म चल्ने उहाँले जानकारी दिनुभयो ।
गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालनका लागि प्यूठान नगरपालिकाले ९ र १० वडा छनौट गरेको हो । मेडेप मोडल अनुसार अहिले विभिन्न सीप तालिम सञ्चालन भइरहेको उद्यम विकास सहजकर्ता विन्दु केसीले जानकारी दिनुभयो ।
