> समाज > पत्रकार भट्ट प्रति श्रद्धाञ्जली अर्पण


पत्रकार भट्ट प्रति श्रद्धाञ्जली अर्पण

प्यूठान, २५ बैशाख ।
नेपाल पत्रकार महासंघ प्यूठानका उपाध्यक्ष बसन्ता भट्टप्रति जिल्लाका सञ्चारकर्मीले श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाल पत्रकार महासंघ प्यूठानले श्रद्धाञ्जली अर्पण कार्यक्रम गरेर पत्रकार भट्टप्रति श्रदाञ्जली अर्पण गरिएको हो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले स्वर्गीय पत्रकार भट्टको योगदानको चर्चा गरेका थिए । पत्रकार महिलाहरुको अभिभाकको रुपमा भट्टलाई लिने गरिएको बोल्ने बत्ताहरुको भनाई थियो ।

पत्रकार भट्टको बैशाख ११ गते निधन भएको थियो । उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो । उहाँ पत्रकार महासंघ प्यूठानको उपाध्यक्ष सँगै रेडियो महिला आवाजको अध्यक्ष हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *