> समाज > मल्लरानी गाउँपालिकाको कार्यालय सिल


मल्लरानी गाउँपालिकाको कार्यालय सिल

प्यूठान, ११ भाद्र । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि मल्लरानी गाउँपालिकाको कार्यालय सिल गरिएको छ ।

गाउँपालिका स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना फैलने जोखिम हुने भन्दै कार्यालय सिल गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार गाउँपालिकाबाट प्रवाह हुने सेवा भाद्र १८ गतेसम्मका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो ।

गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा भने नियमित रहने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *