Bannerसमाज

माण्डवीको डाम्रीखोला दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

प्यूठान । माण्डवी गाउँपालिका -१ डाम्रीखोला नजिकै भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ ।

अमनी भ्यान दुर्घटना हुँदा प्यूठान नगरपालिका-४ खमल्दीका चालक २४ वर्षिय दिलिप परियार र मल्लरानी गाउँपालिका-५ धुदीका २६ वर्षिय अभिषेक कवर रहेको प्यूठान प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको लु प्र ०२ ००१ ज ०१०४ नम्बरको भ्यान क्वाडी-बाग्दुला सडकमा चल्ने सवारी हो । हिजो साँझ गाडी तिराम गएको बुझिएको छ ।

Related Articles

Back to top button