Bannerसमाज

प्यूठानमा बिपद प्रतिकार्य अभ्यास `मनसुन ६´

प्यूठान । जिल्लामा बिपद प्रतिकार्य सम्बन्धि तालिम तथा अभ्यास गरिएको छ । माडी नदि चकचकेमा गरिएको उक्त अभ्यासको नाम `मनसुन ६´ दिइएको छ ।

जिल्ला बिपत्त ब्यबस्थापन समितिको आयोजनामा बर्द बहादुर गण, ससस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकीय अधिकृत महेश केसीले जानकारी दिनुभयो ।

खोला डुबेकोलाई बचाउने, बाढी पहिरोको समयमा गरिने उद्वार लगायत मनसुनसँग सम्बन्धित अभ्यास गरिएको हो । अभ्यासकै क्रममा उद्वारसँग सम्बन्धित सामग्रीहरुको प्रदर्शनी गरिएको छ ।

Related Articles

Back to top button