स्थानीय सरकार

माण्डवीका महिलाहरुको लागि दुई दिने उद्धोषण तालिम सम्पन्न

प्यूठान । माण्डवी गाउँपालिकाका महिलाहरुका लागि दुई दिने उद्घोषण कला सम्बन्धि तालिम दिइएको छ ।

औपचारिक कार्यक्रम संचालन तथा कार्यक्रम तालिका निर्माण बारे सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो । समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले तालिममा सिकेका कुरालाई व्यबहारमा लागू गर्दै निरन्तर अभ्यासले निखारता ल्याउने उल्लेख गर्नुभयो ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार जेठ ३ र ४ गते तालिम संचालन गरिएको शाखा प्रमुख दाम बहादुर कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिकाको सभाहलमा भएको तालिममा पाँच वटै वडाका २५ जना महिला प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Related Articles

Back to top button