प्यूठान । प्यूठान उद्योग वाणिज्य संघ अन्तर्गत रहेका नौ वटा बजार क्षेत्रहरू मध्ये ६ वटा बजार क्षेत्रहरूको साधारण सभा सम्पन्न भएको छ । संघको बैठकको निर्णय अनुसार साधारण सभा गरिएको हो ।
प्यूठान नगर बजार क्षेत्रको २१ औं, स्वर्गद्वारी नगर बजार क्षेत्रको १८ औं, मल्लरानी बजार क्षेत्रको १८ औं, झिमरुक बजार क्षेत्रको १८ औं, माण्डवी बजार क्षेत्रको १४ औं र नौबहिनी बजार क्षेत्रको १८ औं वार्षिक साधारण सभा सम्पन्न आज एकैदिन सम्पन्न भएको छ ।
गौमुखी बजार क्षेत्रले भने बैशाख २६ गते नै साधारण सभा गरेको हो । ऐरावती र सरुमारानी बजार क्षेत्रको साधारण सभा जेठ ९ गतेभित्र सम्पन्न गरि प्यूठान प्यूठान उद्योग बाणिज्य संघको साधारण सभा जेठ १६ गते जुम्रीमा गर्ने तयारी रहेको संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिनुभयो ।
साधारण सभाहरुले वार्षिक प्रगती प्रतिबेदन र आर्थिक प्रतिबेदन पारिद गरि आगामी वर्षका लागि योजान निर्माण गरेका छ्न ।





