साहित्य सृजना

गजल

सुरेश कुमार पाण्डे

देशको अबस्था नियाल्दा पनि हैरान भयो,
अ दुरदर्शियता को राजनीति नादान भयो।

संसद बिघटन गरेर बुद्धिहिन भए नेताहरु,
जनताको पल्लामा ओलीको उखान भयो।

लोभले लाभ लाभले बिलापको उखान नै,
दुई तिहाईको सरका माथी ता हैवान भयो।

कोई कम छैनन सबैको देख्यौँ रङ्ग र ढङ्ग,
सडकमा कहिले सदनमा हाना हान भयो।

राणा राजा जस्तै ओली प्रचण्ड हुँन खोजे,
राजनिति ता जनताको लागि सैतान भयो।

यो देशलाई बिदेशीले धुने सम्म धोयकोछ,
दलाल नेता पनि उसैलाई महेर बान भयो।

Related Articles

Back to top button