आर्थिक/बिकाससमाज

आरम्भ चौतारीका सदस्यको बीमा रकम भुक्तानी

प्यूठान, १९ असोज । आरम्भ चौतारी लघुबित्त बित्तिय सस्था लिमिटेडले आफ्ना २ जना सदस्यको बीमा रकम भुक्तानी दिएको छ ।
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ दिबाङकाेटमा रहेकाे सिमाना आरम्भ चाैतारी महिला बिकास केन्द्र कि सदस्य रिता घत्तिमगरको एक लाख कर्जा रकम र २५ हजार काजकिरिया रकम भुक्तानी दिएको हो ।
घर्तिमगरले बाख्रापालन ब्यबसायकाे लागि एक लाख रूपैयाँ कर्जा लिनुभएको थियो।
उहाँको निधन भएपछि बीमा बापत कर्जा रकम मिनाह गरि थप काजकिरिया खर्च स्वरुप रकम प्रदान गरिएको शाखा प्रबन्धक लेखनाथ आचार्यले बताउनुभयो ।
त्यसैगरी स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ मा गठित जुडापाटा आरम्भ चाैतारी महिला बिकास केन्द्रकि सदस्य राधा भण्डारीको श्रीमानकाे निधन भएकोले १२ हजार रुपियाँ बीमा बापत उपलब्ध गराएको आचार्यले जानकारी दिनुभयो ।
राधाले हाेटेल ब्यबसाय सञ्चालन गर्नकाे लागि एक लाख रुपियाँ लिई ब्यबसाय गर्नुभएको छ । वडा नम्बर ९ का बडाअध्यक्ष नर बहादुर बुढाले रकम हस्तान्तरण गर्नुभएको थियो ।

Related Articles

Back to top button