> खेलकुद > चिली र अर्जेन्टिनाको जित


चिली र अर्जेन्टिनाको जित

प्यूठान, ५ असार । जारी कोपा अमेरिकामा शनिवार विहान भएको खेलमा चिली र अर्जेन्टिनाले जित निकालेका छन् ।

चिलीका बेरेटोनले १० मिनेटमा गरेको गोल नै जितको निर्णायक गोल बन्यो । चिलीले बोलिभियालाई १–० ले पराजित गरेको हो ।

त्यस्तै आजै भएको अर्को खेलमा अर्जेन्टिानाले उरुग्वेलाई १–० ले नै पराजित गरेको छ । अर्जेन्टिनाको जितमा १३ मिनेटमा रोड्रिग्वेजले निर्णायक गोल गरेका थिए ।

ग्रप ए मा रहेका चिली र अर्जेन्टिको समान २ खेलबाट १ जित र १ बरावरी सहित समान ४ अंक भएको अर्जेन्टिना सुमहको पहिलो र चिली दोस्रो स्थानमा रहेका छन् । २ खेलमा नै हार व्यहोरेको बोलिभिया शुन्य अंक सहित पुच्छारमा छ भने अर्जेन्टिनासँग हारेको उरुग्वे १ खेल खेल्दै अंक विहिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *