कमल बि.क
प्यूठान । प्यूठान जिल्ला अन्तरपालिका स्तरीय कर्मचारीहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिता २०७९ मा शनिवार चार वटा पालिकाको टिमले जित निकालेका छन् ।
ऐरावती गाउँपालिका र प्यूठान नगरपालिका विच भएको पहिलो खेलमा प्यूठान नगरापालिकाले ऐरावतीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा गौमुखी गाउँपालिकाले मल्लरानी गाउँपालिकालाई २–० ले हराएको छ । तेस्रो खेलमा सरुमारानी गाउँपालिकाले माण्डवी गाउँपालिका लाई २–१ ले पराजित गरेको छ भने अन्तिम खेलमा नौबहिनी गाउँपालिकाले झिमरुक गाउँपालिकालाई ३–० गोलले हराएको छ ।
नकआउटको रुपमा खेलाईएको खेलमा पराजीत भएका टोली खेलबाट बाहिरीएका छन् । उत्साहपूर्ण रहेको खेलमा दर्शकले चासोका साथ खेल अवलोकन गरेको थिए ।
जित निकालेका टोली आइतवार उपाधिका लागि प्रतिष्पर्धा गर्दै छन् । गोलाप्रथाबाट टिमको विभाजन गरी विहान ८ बजे देखी खेल सुरु हुने आयोजकले जनाएको छ ।
८० मिनेटको समय खेलमा १० मिनेट हाफ टाइम निर्धारण गरिएको छ । स्वर्गद्धारी नगरपालिका बाहेक प्यूठानका ८ वटा पालिकाले प्रतियोगितामा भाग लिएका हुन । खेलमा पुरुष टोलीको मात्र सहभागीता रहेको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माघ ७ र ८ गते गणतान्त्रिक खेलकुद मैदान विजुवारमा प्यूठान नगरपालिका विजुवारले प्रतियोगिता आयोजना गरेको हो ।