> खेलकुद > नेपाल क्रिकेट संघ(क्यान)को जिल्ला सदस्य बन्दै प्यूठान


नेपाल क्रिकेट संघ(क्यान)को जिल्ला सदस्य बन्दै प्यूठान

प्यूठान । जिल्लाको क्रिकेट खेलको विकासका लागि जिल्ला क्रिकेट संघको तदर्थ समिति गठन भएको छ ।

 

जिल्लाका क्रिकेट खेलाडी, खेलप्रेमी र सरोकारवाला निकायका प्रतिनिधि सहभागी एक भेलाबाट तेज बहादुर पुनको अध्यक्षतामा ११ सदस्यीयत जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको हो ।

लामो समयदेखि जिल्लामा क्रिकेटका गतिविधि सञ्चालन भएपनि क्यानको सदस्य नहुँदा क्रिकेट खेल तथा खेलाडीको विकास हुन नसकेको भन्दै क्यानमा आवद्ध हुने लक्ष्य सहित तदर्थ समिति गठन गरिएको क्रिकेट खेलप्रेमी टुआर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अव क्यानमा आवद्धताका लागि प्रक्रिया अगाडी बढाइनेछ ।

तथर्द समितिको उपाध्यक्ष सन्दीप श्रेष्ठ, सचिव जीवन खनाल, कोषाध्यक्ष आशिष श्रेष्ठ, सदस्य महेन्द्र विक, उमेश घर्तिमगर, मिलन राना, गणेश गिरी, किरण बुढामगर, अमित थापा मगर र हुकुम परियार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *